दैलेखको आठबीसमा गाडी दुर्घटना, दुई जनाको ज्यान गयो



दैलेख,फागुन २७ । जिल्लाको आठबीसनगरपालिका -१ स्यालाघाटमा मिनि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

विहान करिब एघार बजे कालिकोट देखि सुर्खेत हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२४७ नम्बरको एसएमएल मिनि बस राजमार्गबाट ६० मिटर तल खसेको हो ।

गाडी दुर्घटना हुँदा अहिलेको शुभकालिका गाउँपालिका ९ राजुवाडाका अन्दाजी ३७ वर्षका जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक को मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘गाडीमा कति जना सवार थिए भन्ने एकिन विवरण आइसकेको छैन । कम्तिमा पनि २० देखि २२ जना यात्रुहरु हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्