सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?



काठमाडौ,फागुन २७ । विहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । बिहीबार छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर ८६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८५ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ३५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्