मिस तामाङको मैदानमा नुवाकोट पञ्‍चकन्याकी सनिता तितुङ तामाङ



नुवाकोट, फागुन २७ । पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँकी सनिता तितुङ तामाङ मिस तामाङको मैदानमा उत्रिएकी छन् ।

विद्यालय जीवनबाटै नृत्यमा रुची राख्ने सनिताले यही फागुन २८ गते फाइनल मिति तोकिएको मिस तामाङको १३ औं संस्करणमा भाग लिएकी हुन् । अन्तिम प्रतिस्पर्धा अगाडि सनितासहित २३ सहभागीले क्याटवाक, डान्स, मेकअप, प्रश्‍नोत्तर लगायतको तालिममा सहभागी भए ।

२१ वर्षअघि घलेगाउँमा बाबा रेशमबहादुर तामाङ र आमा फूलमाया तामाङको कोखबाट जन्मिएकी सनिता परिवारको माइली छोरी हुन् । मिस तामाङबारे फेसबुकबाट थाहा पाएर बुबालाई सोधेर उनले माघ १० गते अडिसनमा भाग लिएकी हुन् । १ हजार तिरेर सहभागी भएको अडिसनमा सफल भएकी सनिताले तालिमका लागि आवश्यक १५ हजार र ड्रेसको ३० हजार लगायत फि पनि आफैले जोहो गरेकी छन् ।

मिस तामाङमा सहभागी हुँदै गर्दा व्यक्तित्व विकास र निर्धक्ता बढ्दै गएको बताउने सनिता आफूले टाइटल जितेमा समाजसेवामा खुलेर लाग्ने सोचमा छिन् । होटल र्‍याडिसनमा कोरोनाकाल अगाडि काम गर्दै आएकी उनले टपटेनमा पुग्न सकेमा आफूले उपाधि जित्न सक्ने विश्वास व्यक्त गरेकी छन् । म्यानेजमेन्ट विषय लिएर प्लस टु उत्तीर्ण गरेकी उनले आफूलाई टाइटल जित्न सहयोगीहरुमा भर पर्ने बताइन् ।

‘तामाङ कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट फेसन होमले आयोजना गरेको मिस तामाङ होटल र्‍याडिसन लाजिम्पाटमा मार्च १२, २०२१ शुक्रबार दिउँसो ३ बजे सुरु हुने जनाइएको छ ।

प्रतियोगतामा विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर र सेकेन्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछन् ।

को निर्देशक रन्जिता ब्लोन लामा हुन् । अफिसियल कोरियोग्राफर प्रिया रानी लामा मोक्तान, मेकअप एन्ड हेयर स्टाइलिस्ट रिता लामा, डान्स कोरियो ग्राफर अमिर दोङ तामाङ, होस्ट मिक्साङ वाइबा, कोअर्डिनेटरु प्रिन्स लामा छन् ।

प्रतिक्रिया दिनुहोस्