बेरोजगार केन्द्रित तीनवर्षे योजना
काठमाडौ,फागुन २७ । राष्ट्रिय योजना अयोगले नयाँ योजना पनि तीनवर्षे नै बनाउन लागेको छ । रोगजार केन्द्रित समन्वयात्मक वृद्धि यसको नारा छ । आगामी साउन १ गतेदेखि लागू हुनेगरी ल्याउन लागिएको योजनाको आधारपत्राई चैत महिनाभित्र अन्तिम रुप दिने तयारी भइरहेको जानकारी आयोगले दिएको छ ।
आयोगका सचिव युवराज पाण्डेले अभियानलाई दिएको जानकारीअनुसार आधारपत्रमा वार्षिक करिब ५ प्रतिशतका दरले आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ । आधारपत्रमा युवा रोजगारी र खाद्यसुरक्षालाई विशेष महत्वका साथ उठाइएको जानकारी पनि उनले दिए । ‘अहिले अन्तिम चरणको छलफल भइरहेको छ । त्यसलाई सकेर चैतभित्रै सार्वजनिक गर्नेगरी कार्य भइरहेको छ,’ पाण्डेले भने, ‘यी अवधारणापत्र छलफलका लागि आयोेगले प्रमुख दाताहरूलाई पनि उपलब्ध गराएको छ ’।
सरकार विज्ञापन नीति बनाउँदै
सञ्चारमन्त्री शंकर पोखरेलले विज्ञापन नीति व्यावसायिक बनाउन सरकार सक्रिय रहेको बताएका छन् । कान्तिपुर टेलिभजनको आयोजना तथा सेफर्ड कलेजद्वारा सञ्चालित प्रोफेसनल एडभर्टाजिङ ट्रेनिङ एन्ड जब प्लेसमेन्ट प्रोग्रामका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री पोखरेलले चाँडै नै विज्ञापन नीति तर्जुमा गरी विज्ञापन व्यवसायलाई अझ सुदृढ र व्यावसायिक बनाउन सरकार इच्छुक रहेको र उद्यमीहरूको सहयोग भएमा क्लिनफिड कडाइका साथ लागू गर्न सरकारलाई कुनै आपत्ति नरहेको बताए । आर्थिक अभियानबाट