नुवाकोटमा हावाहुरीसहित वर्षा, विद्युत अवरुद्ध



नुवाकोट,फागुन २६ । जिल्लाको धेरैजसो क्षेत्रमा हावाहुरी चलेको छ भने केहि स्थानमा वर्षा समेत भएको छ ।

बुधबार साँझमा हावाहुरी सहित केहि स्थानमा वर्षा भएको हो । हावाहुरीका कारण जिल्लाको पूर्वी क्षेत्रमा बिजुलीबत्ती अवरुद्ध भएको छ। छहरे फ्युज शाखाका अनुसार हावाहुरीको सम्भावित क्षतिको आकलन गरी तत्काल विजुलीबत्ती संचालन गरिने बताइएको छ। हावाहुरीका कारण हाल ढिकुरे देखि पूर्वी क्षेत्र लिखु,पञ्चकन्या,शिवपुरीमा विजुलीबत्ती अवरुद्ध भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज राति वाग्मती प्रदेशसहित,सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नंबर १ मा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

यसैगरि सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नंबर १ का थोरै स्थानहरुमा मेघ गर्जनचट्टयाङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्