बितेको २४ घण्टा १०४ संक्रमित थप



काठमाडौं, फागुन २६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १०४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ५० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्