कैलालीमा एमालेका दुई समूहबीच झडप



कैलाली,फागुन २६ । जिल्लामा प्रदेश इन्चार्जमा लेखराज भट्टको नेमप्लेट हटाएपछि एमालेका दुई समूहबीच झडप भएको छ ।

प्रदेश इन्चार्ज भट्ट भएको नेमप्लेट राखेकोमा त्यसलाई माधव नेपाल समूहले हटाएको थियो । त्यसपछि दुई समूहबीच झडपको स्थिति उत्पन्न भएको हो ।

विवाद बढ्दै जाँदा दुई पक्ष कुटाकुटमा उत्रिएका छन् ।

माधव नेपाल समूहले प्रदेश इन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेटलाई हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्