बुधबार ६ सयले बढ्यो सुनको भाउ



काठमाडौं, फागुन २६ । केही दिन यता निरन्तर खस्किएको नेपाली सुनचाँदी बजार बुधबार भने उकालो लागेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।  मंगलबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा सुन खरिद बिक्रि भएको थियो । त्यस्तै, मंगलबार ८५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज (बुधबार) प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्