एमाले र माओवादी केन्द्र पूर्ववत् कायमः आयोग



काठमाडौं, फागुन २६। सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई दुवै पार्टीको अवस्था एकीकरण पूर्वको अवस्थामा कायम भएको सूूचित गर्दै पुनः एकीकरणको मार्ग समेत खुला गरेको छ ।

आयोगले दुवै पार्टीले पुनः एकीकरण गर्न चाहेमा आ–आफ्नो दलको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराई १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुुख आयुुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलबार बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वोच्चको आदेशबाट केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) खारेज भएपछि आयोगले यो पछिल्लो निर्णय गरेको छ ।

आयोग बैठकले गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र) र सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी)लाई अर्को नयाँ दलको नाम र चिह्न लिनका लागि १५ दिनभित्र सुधारसहितको विवरण आयोगमा पेस गर्न आदेश दिएको छ ।

आयोगको पछिल्लो निर्णयसँगै केपी शर्मा ओली अध्यक्ष रहेको एमाले र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा ९माओवादी केन्द्र० २०७५ जेठ २३ अगाडिको अवस्थामा कायम भएका छन् । यी दुई दल २०७४ सालको प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचनमा एउटै घोषणापत्र लिएर निर्वाचनमा गएका थिए । दुुई दल मिलेर निर्वाचनमा जाँदा झन्डै दुुई तिहाइ नजिकको मत पाएका थिए ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्