बितेको २४ घण्टामा थप ५९ जना संक्रमित, ६० संक्रमणमुक्त



काठमाडौं, फागुन २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ९ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्