धादिङमा ट्रकले थिच्दा दुई जनाको ज्यान गयो



धादिङ, फागुन २५ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा मंगलबार दुई जनाको ज्यान गएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

दुर्घटनाग्रस्त सवारी साधन त्रिशूली नदीमा फसेको छ ।

प्रतिक्रिया दिनुहोस्