सुनको मूल्य घट्यो, तोलाको कति?



काठमाडौ,फागुन २५ । मंगलवार सुनचाँदीको मूल्य घटेको छ । सोमवार प्रतितोला ८६ हजार २ सय रहेको छापावाला सुनको मूल्यमा मंगलबार प्रतितोला ६ सयले गिरावट आएको हो ।

मंगलबार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुनको मूल्य ८५ हजार १ सय ५० कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमवार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैंया रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्