बितेको २४ घण्टामा ८९ संक्रमित थपिए



काठमाडौं, फागुन २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चौबीस घण्टा समयावधिमै ४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ९ सय २७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्