सुनको भाउ बढ्यो, तोलाको कति?



काठमाडौ,फागुन २४ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८६ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्