नारी दिवसको अवसरमा झोरमा र्‍याली



काठमाडौं,फागुन २४ ।  १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखा नगरपालिका वडा नम्बर १ झोरमा विभिन्न महिला संजालले र्‍याली निकालेका छन । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने कार्यक्रम अन्तर्गत र्‍यालीको आयोजना गरिएको टोखा नगरपालिका वडा नम्बर १ कार्यालयले जनाएको छ ।

टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङोलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टाँसी डाडा महिला समुह,झोर महिला समुह,आरती महिला विकास समिति झोर, टोखा नगरपालिका महिला तथा बालबालिका शाखाका पदाधिकारी तथा स्थानीय विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियोे। झोरको सिमा चौरदेखि मालुङसम्म भएको र्याली समारोहमा बोल्दै प्रमुख अतिथि ज्ञानमाया डङोलले महिला हक अधिकार सुनिश्चितताका लागि महिलाहरु नै एकजुट हुनुपर्ने बताइन्। त्यस्तै वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले महिला सशक्तीकरणका निम्ति भए गरेका उपलब्धिकाे सदुपयाेग गरि महिलाहरुलाई आयआर्जन गर्ने अवसर सिर्जना गर्नुपर्ने बताए।

वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी मन्तव्यका क्रममा

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ  । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।

स्थानीय महिला समूह

महिला दिवसको अवसरमा आज सरकाले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्