थप ६६ जनामा कोरोना संक्रमण



काठमाडौ,फागुन २३ । नेपालमा बितेको २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ८ सय ८६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्