तोलामा ५०० ले बढ्यो सुनको मूल्य



काठमाडौँ, फागुन २३ । आइतबार स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । बितेको साता भने सुनको मूल्य ओरालो लागेको थियो। ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको हो ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्