मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, अब जनताको घर घरमा पानी आउछः प्रधानमन्त्री



काठमाडौं,फागुन २२ । परीक्षणका लागि सुरुङबाट पठाइएको मेलम्ची खानेपानी सुन्दरीजलमा खलालिएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीका अनुसार शनिबार साँझ सुन्दरीजलमा आइपुगेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।  सो क्रममा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । उनले   भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्‍यो । अहिले खोलाबाट पानी छाड्यौं । अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं । अहिले पानी आयो काठमाडौंमा पानी झर्‍यो भन्ने हो । केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।’

लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्‍ने विश्वास व्याक्त गर्दै प्रधानमन्त्री ओलीले २७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइयोस् भन्ने कामना समेत गर्नुभएको थियो । पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्