तोलामा ९०० ले घट्यो सुनको मूल्य



काठमाडौँ, फागुन २१ । पछिल्लो समय सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि तोलामा रु ९०० ले घटेको हो ।

स्थानीय बजारमा छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० र चाँदीको मूल्य तोलामा रु ३५ ले घटेर तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भैरहेको व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्