पञ्चकन्याको भद्रुटारमा फागुन २३ देखि कोरोना खोप, कुन मितिमा कहाँ ?



नुवाकोट,फागुन २० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा कोरोना खोप अभियान सुरु हुने भएको छ। भद्रुटारको विभिन्न स्थानमा यही फागुन २३ गतेदेखि कोरोना खोप अभियान सुरु हुने भद्रुटार वडा कार्यालयले जनाएको छ।

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले ५५ वर्षदेखि माथि उमेर समूहका नागरिकलाई कोरोना लगाउने तयारी गरेको बताएको छ । कोभिड १९ खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ। सूचनामा सेवा क्षेत्रका शिक्षकलाई समेत खोप लगाउने तयारी गरिएको उल्लेख छ।

वडाध्यक्ष डिल्लीबहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा वडाका विभिन्न स्थानमा फरकफरक मितिमा खोप लगाइने छ। भद्रुटारको स्वास्थ्य चौकीमा साविक वडा १ र २ लक्षित गरी फागुन २३ गते,साविक ९ वडाका लागि फागुन २५ गते भेडाबारी माध्यमिक विद्यालय, साबिक वडा ५,६,७ का लागि फागुन २६ गते दुप्चेश्वर आधारभूत विद्यालय मिश्रापधेरो खोपकेन्द्रमा खोप लगाइनेछ।

त्यस्तै साविक ३,४ वडाका लागि फागुन २७ गते सुन्दरादेवी प्रावी फूर्केसल्ला,साविक ९ का नागरिकलाई फागुन २८ गते नामरुङ प्राथमिक विद्यालय बयगाउँ कायम गरिएको छ। खोप लगाउने समय भने बिहान १० बजेदेखि संचालन हुने बताइएको छ।

वडा नम्बर ५ द्वारा जारी सूचना हेर्नुस्

प्रतिक्रिया दिनुहोस्