विप्लव समूह र सरकार बीचको बार्ता सकारात्मक



काठमाडौं,फागुन १९ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुइ पक्ष बिच वार्ता भएको हो। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सरकार र विप्लव समूह बिच पहिलो चरणको बार्ता सम्पन्न भएको बताए। उनले फेसबुक मार्फत वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी समेत गराएका छन। वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहाइसहितका विप्लव नेकपाको मागका विषयमा छलफल भएको छ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो ।

विप्लव पक्षले पनि वार्ता टोली गठन गरेको छ । विप्लवले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको गरेका छन ।

प्रतिक्रिया दिनुहोस्