प्यूठानमा आगोले जलेर एकजनाको मृत्यु



प्यूठान,फागुन १९ । प्यूठानमा एक ज्येष्ठ नागरिकको बुधबार बिहान आगलागीमा परेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका-१ सल्लिकोटका ८० वर्षीय आइतसिंह विरकट्टा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । आज विहान ७ बजे विद्युत सर्ट भएर फुसको छानो भएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरगोठ समेत पूर्ण रुपमा जलेको छ ।

प्रहरीका अनुसार शव परीक्षणका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भईरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो।

प्रतिक्रिया दिनुहोस्