मोरङ पुगेका प्रधानमन्त्रीले भने, ‘दोभान आगलागीका पीडितलाई सरकारले राहत दिन्छ’



मोरङ,फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली बस्ती शिलान्यास गर्न मंगलबार मोरङ पुगेका छन् । सो अवसरमा प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट पीडित भएकालाई सरकारले राहत दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोरङ पुगेका प्रधानमन्त्री ओलीले आयोजित कार्यक्रममा पीडितलाई राहत उपलब्ध गराउने र पुर्ननिर्माण गराउने काममा सरकार तत्काल लागि पर्ने बताउँदै घटनाप्रति दुःख प्रकट गरे ।

दोभानमा आज आगलागी हुँदा ४० भन्दा बढी घरहरू जलेर नष्ट भएका छन् ।

प्रधानमन्त्री ओलीले आजै विर्तामोडस्थित आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’ र पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्