ताप्लेजुङमा भीषण आगलागीः ४० घर, ८० पसल जलेर पुरै नष्ट



ताप्लेजुङ,फागुन १८ । जिल्लाको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पुरै नष्ट भएका छन् ।

जिल्लाकै दोस्रो ठूलो मानिने मेरिङ्देन गाउँपालिका ३ दोभान बजारमा भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

बिहान करिब ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट भई आगलागी भएको स्थानिय उमेश थापाले जानकारी दिए ।

४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन् । उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए ।आगोलागिको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्