१७ सयले घट्यो सुनको मूल्य



काठमाडौं, फागुन १८ । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन १७ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोलामा ८७ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला तोलामा ८६ हजार ५५० मा खरिद बिक्रि भएको छ । हिजो तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको महासंघले जनाएको छ । यसैगरी, चाँदीको मुल्य तोलामा आज १२ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्