स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौ,फागुन १८ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज मंगलबार स्वदेश फर्किने भएका छन्।

दिल्लीमा स्वास्थ्य परीक्षण पूरा भएपछि उनी नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ ।

भट्टराई न्युरो(इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि दिल्ली पुगेका थिए। यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएकामा न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्