दुई ट्रक एक–आपसमा ठोक्किदा दुबै चालकको ज्यान गयो



नवलपरासी,फागुुन १८। गए राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा दुबैजना चालकको ज्यान गएको छ । दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ना ६ ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तनहुँ बन्दीपुर गाउँपालिका–३ का १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङका ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्