चीनले दिने भयो नेपाललाई ८ लाख डोज कोरोना खोप



काठमाण्डौं,फागुन १८ । चीनले नेपाललाई ८ लाख डोज कोरोनाको खोप दिने भएको छ । यस अघि दुई पटक गरी ५ लाख डोज दिने घोषणा गरेको चीनले सोमबार थप ३ लाख डोज दिने जनाएको हो । यसरी कुल ८ लाख डोज कोरोना बिरुद्धको खोप अनुदान सहयोग गर्ने चीनीया राजदुतावासले जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले हिजो एक ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज भ्याक्सिन अनुदान सहयोग गर्न लागेको जानकारी दिएकी छन् ।

यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए ।

राजदूत होउले सोमबार आफ्नो ट्वीटमा लेखेकी छन्,‘कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग स्वरुप चीन सरकारले नेपाललाई भ्याक्सिनको अनुदान सहायतामा बृद्धि गरी ८ लाख डोज पुर्‍याएको छ ।’

चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने छ । यस अघि नेपाललाई भारतले १० लाख डोज अनुदानमा दिएको थियो भने भारतसगँ २० लाख डोज खरीद गरेको छ । जस मध्य १० लाख डोज खरीद गरेको खोप आईपुगेको छ भने बाँकी आउने क्रममा छ ।

यान्छीको ट्विट:

In order to support Nepal’s fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant assistance of vaccine for Nepal to 800,000 doses. Let us join hands to achieve the victory at an early date!

प्रतिक्रिया दिनुहोस्