स्वर्गद्वारी आश्रममा आगोलागी, एक बालकको मृत्यु



प्युठान,फागुन १७ । धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा रहेकाे गाई गाेठमा आगाेलागि हुदा एक जना १५ बर्षिय बालककाे मुत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आईतबार साँझ आगलागी हुँदा आश्रमका कामदार स्थानीय टिके बिकको छोरा हेमे बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवि प्रसाद गैरेले जानकारी दिए। प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।
“गोठमा बालक गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी निरीक्षक गैह्रेले भने, “आगलागी कसरी भयो भन्ने पनि खुलेको छैन, अनुसन्धान गर्दैछौँ ।”

यस्का साथै आश्रमका गाईहरुको लागि स्थानीयबाट संकलन गरि राखिएको १४ सय भारि खर पनि पुर्ण रुपमा जलेर नष्ट भएको छ।

आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले गोठ जलेर पुरै खरानी भएपछी आश्रममा पालिएका करिब ६ सय गाई खुला चौरमा राखिएको जानकारी दिए । ‘गाईलाई २ महिना पुग्ने खर जलेर ध्वस्त भयो,’ उनले भने ।’ गाईलाई खुल्ला चौरमा छोडेका छौँ’

आगलागीबाट करिब ७० लाख रुपियाँ बराबरको नोक्सानी भएको आश्रमले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्