फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं,फागुन १७ । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ ।

फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्