जंगली निलगाईको आक्रमणबाट तामाङको ज्यान गयो



चितवन,फागुन १७ । जंगली निलगाईको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा माडी नगरपालिका वडा नंबर ६ स्याउली निवासी ५० वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

सोमेश्वर सामुदायिक वनभित्र बालुवाबाँधमा घाँस तथा कुचो काट्न गएका तामाङको निलगाईले आक्रमणबाट ज्यान गएको परिवारिक स्रोतले जनाएको छ । सोमबार बिहानै तामाङ सहित ४ जना स्थानीय घाँस तथा कुचो काट्न जंगल गएका थिए ।

प्रतिक्रिया दिनुहोस्