बर्दियामा भैंसी चराउन गएका वृद्धलाई बाघले झम्टिएर लग्यो



बर्दिया,फागुन १७ । जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले मानिसलाई आक्रमण गरेको छ ।

सोमबार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको हो । बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ६ नौरङ्गापुरबाट झम्टेर लगेको हो ।

बाघले लगेका पुरुषको हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो । गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्