बितेको २४ घण्टामा ७३ संक्रमित थपिए, ३ जनाको मृत्यु



काठमाडौं, फागुन १७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ७३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ४ सय ७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २७ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्