धादिङमा डोजरले फालेको माटाले पुरिएर महिलाको मृत्यु



धादिङ,फागुन १७ । धादिङमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मृत्यु भएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमाल रहेकी छन् । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा डोजरले बाटो खन्दै गर्दा फालेको माटोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिएकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्