राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वा्न



काठमाडौ,फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्