काङ्ग्रेस नेता अर्जुननरसिंह सहित केसी परिवारद्वारा विद्यालयलाई कम्प्युटर, अभिभावकलाई कपडा वितरण



नुवाकोट, फागुन १७ । काङ्ग्रेस नेता अर्जुननरसिंह सहित केसी परिवारद्वारा विद्यालयलाई कम्प्युटर र अभिभावकलाई कपडा प्रदान गरिएको छ। नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको हो ।

गाउँपालिकाको चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई उक्त विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ‘एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ मार्फत तीन–तीन थान कम्युटरसहित शिक्षक–विद्यार्थीको लागी कोरोना रोगको सक्रमणबाट बच्न स्वास्थ्य मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सरसफाइका सामग्री उपलब्ध गराइएको हो । ट्रष्टको तर्फबाट सानुकिम्ताङ माविलाई रु दुई लाखको कम्युटर, रु एक लाख बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ३०० भन्दा बढी अभिभावकलाई रु तीन लाख बराबरको न्यानो कपडा ज्याकेट प्रदान गरिएको हो ।

चन्द्रदेवी माविको लागि रु दुई लाखको कम्युटर, रु ५० हजार बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ११० अभिभावकलाई रु एक लाखभन्दा बढीको न्यानो कपडा उपलब्ध गराइएको ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसीले जानकारी दिए। दिवङ्गत आमाबुबाको नाममा स्थापना भएको ट्रष्टमार्फत नुवाकोट र रसुवालगायतका जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग कार्यक्रम चलाउँदै आएकाले यसलाई विशुद्ध समाजसेवाको रुपमा सहयोग गरिएको उनको भनाइ छ ।

सो समारोहमा ट्रष्टको तर्फबाट संरक्षक अजर्नुनरसिंह केसी, अध्यक्ष डा केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, प्रजातान्त्रिक विचार समाजका नेता कुलचन्द्र वाग्ले, गोकर्ण अर्याल लगायतको टोली उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्