सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो भाउ



काठमाडौ,फागुन १७ । नेपाली बजारमा केहि दिनदेखि निरन्तर गिरावट आएको सुनको मूल्य आज फेरि बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८८ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८८ हजार २५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा १३२५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३३० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्