नेकपाका दुई संगठनको आज एकता घोषणा हुने



काठमाडौ,फागुन १७ । नेकपाको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच आज एकता घोषणा गर्न लागिएको छ ।

एकता घोषणा सभामा पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको आतिथ्यता रहने आयोजकहरुले जनाएका छन् ।

कार्यक्रम दिउँसो १ बजेपछि कार्की ब्याङ्क्वेट, बबरमहल काठमाडौमा हुने तय भएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका भातृ संगठनका रुपमा रहेका दुई संगठनको एकता घोषणा गर्न लागिएको हो ।

पार्टी एकतापछि हुनुपर्ने एकता घोषणा पार्टी विभाजनको अवस्थामा पुग्दा मात्रै हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्