छहरे महोत्सवमा भोलि गायक सरोज लामिछानेको धमका साथमा मुलाको साग



चर्चित गायक तथा सञ्चारकर्मी सरोज लामिछाने

नुवाकोट,फागुन १६ । शुक्रबारदेखि ‘प्रथम ऐतिहासिक छहरे मेला तथा ब्यापार मेला’ संचालन भैरहेको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भई चलिरहेको महोत्सवमा विविध सास्कृतिक कार्यक्रमहरु समेत भैरहेको छ।

सोमबार हुने मेलामा चर्चित लोकदोहोरी गायक सरोज लामिछाने र हास्य कलाकार मुलाको सागको उपस्थिति रहने आयोजकले जनाएको छ। त्यस्तै चर्चित गायिका प्रीति आले,चन्द्र शर्मा र अर्का हास्य कलाकार जोगेन्द्र पानवालाको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

मेलामा प्याराग्लाईडिङ यात्रा,हेलिकप्टरबाट पवित्र धाम गोसाइँकुण्डको यात्रा तय गर्न सकिनेछ। साथै चर्चित कलाकारका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिइदै आएको महोत्सव संयोजक सानू केसीले बताए।

प्रतिक्रिया दिनुहोस्