नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गर्ने एक पक्राउ



सिन्धुपाल्चोक, फागुन १६ । नक्कली सुन देखाई सात लाख रुपैयाँ ठगी गरेको अभियोगमा बिहीबार एक जना पक्राउ परेका छन् । नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका–८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बलेफी गाउँपालिका–४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्