प्युठानमा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको मृत्युु



प्युठान,फागुन १६ । जिल्लामा अत्याधिक रक्तश्राबका कारण एक महिलाको मृत्यु भएको छ। जिल्लाकाे झिमरुक गाउपालिका – ७ तुषारा कि २६ बर्षिय अनिसा एमसि ( थापा)काे सुत्केरी भएकाे दुई दिन पछि मृत्यु भएकाे हाे।दुईदिन अगाडि अप्रेसन गरि बच्चा सकुसल जन्माएकि अनिसाकाे पेटमा रगत जमेपछि पुन अप्रेसन गर्दा अत्यधिक रक्त श्राव भएर ज्यान गएकाे मृतकका अाफन्त टंक थापाले बताए ।

अस्पतालमा कार्यरत चिकित्सकहरुले अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने सान्त्वना दिदै अाएकाे अाफन्तकाे भनाई छ।

तर,सुत्केरी अनिसाकाे अन्तिम अबस्थामा अस्पतालले अाज बिहान ३ बजे रिफर दिएकाे थियाे। रिफर दिएकाे एक घन्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङकाे भालुवाङमा सुत्केरी अनिसाकाे निधन भएकाे पारिवारिक श्रोतले बताएको हो।

प्रतिक्रिया दिनुहोस्