चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै प्युठानमा बिरोध प्रदर्शन



प्युठान,फागुन १६ । प्युठानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल परिसरमा धर्ना दिएका छन् ।

प्रसूति गराउन प्युठान जिल्ला अस्पताल बिजुवारमा लगिएकी झिमरुक गाउपालिका-७ तुसाराकि २६ बर्षिय अनिसा एमसि (थापा)को सुत्केरी भएको दुई दिन पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमसीको मृत्युपछि मृतकका आफन्त सहितका स्थानीयहरूले आईतबार विहान देखि नै प्रदर्शन गरिरहेका छन् । ‘डाक्टरले लापरबाही गरेकैले अनिसाको मृत्यु भएको हो,’ अनिसाका श्रीमान सुदन थापाले भने । अनिसालाई न्याय र लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ ।

अनिसाकाे पेटमा रगत जमेपछि पुन अप्रेसन गर्दा अत्यधिक रक्त श्राव भएपछि ज्यान गएकाे थापाले बताए । चिकित्सकहरुले रिफर गर्नुको साटो अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने भन्दै अस्पतालमा राख्दै आएको अाफन्तकाे भनाईछ।सुत्केरी अनिसाकाे अन्तिम अबस्था अाउदा अस्पतालले अाज बिहान तीन बजे रिफर दिएकाे थियाे । रिफर दिएकाे एक घन्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङकाे भालुवाङमा सुत्केरी अनिसाकाे निधन भएकाे हाे। नवजात शिशु भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्