लिखु गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको निधन



नुवाकोट,फागुन १६ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दलवहादुर राईको निधन भएको छ ।

राई लामो समयदेखि मृगौला रोगबाट पिडिति थिए । उनको उपचारका क्रममा शनिवार राती ललितपुरको सुमेरु अस्पतालमा निधन भएको लिखु गाउँपालिकाले जनाएको छ ।

रााष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित राई मिलनसार,भद्र र लोकप्रिय थिए । वडाध्यक्ष राईका ३ छोरो र ३ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्