छहरे महोत्सवमा आज समिक्षा अधिकारी र रबिन लामिछानेको धमका



नुवाकोट,फागुन १५ । हिजोदेखि ‘प्रथम ऐतिहासिक छहरे मेला तथा ब्यापार मेला’ सुरु भएको छ। एक समारोहका बीच शुक्रबार काङ्ग्रेस सहमहामन्त्री तथा नुवाकोटका नेता डाक्टर प्रकाशशरण महतले कार्यक्रमको उद्घाटन गरेका हुन।

मेलामा प्याराग्लाईडिङ यात्रा,हेलिकप्टरबाट पवित्र धाम गोसाइँकुण्डको यात्रा तय गर्न सकिनेछ। साथै चर्चित कलाकारका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिइदै आएको महोत्सव संयोजक सानू केसीले बताए।

शनिबार हुने मेलामा चर्चित लोकदोहोरी गायिका समिक्षा अधिकारी र रबिन लामिछानेको उपस्थिति रहने आयोजकले जनाएको छ। त्यस्तै नुवाकोटका चर्चित गायक प्रनिल तामाङ,मिना बुढाथोकी र प्रतिमा अर्यालको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्