मेशिनमा गलबन्दी बेरिएर हेटौंडामा एक युवकको मृत्यु



हेटौंडा,फागुन १० । मेशिनमा गलबन्दी बेरिएर हेटौंडामा एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभञ्ज्याङ् मा आइतबार एक ग्यारेजमा काम गर्ने  मजदुरको मेशिनमा गलबन्दी बेरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका १९ वर्षीय अरबिन्द कुमार ठाकुर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–११ स्थित एक गाढी मर्मत गर्ने ग्यारेजमा काम गर्दै आएका ठाकुरको मेशिन परेर घटनास्थलमै मृत्यु भएको हो ।

ग्यारिजको लोथ मेशिन चलाउने क्रममा ठाकुरको घाटीमा लगाएको गलबन्दी मेशिनमा बेरिदा घाँटी च्याप्पिएर  मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्