नेपालमा बितेको २४ घण्टामा ८० जना संक्रमित थपिए



काठमाडौं, फागुन ९ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा १ सय २१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्