श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ



दोलखा, फागुन ९ । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका–६ खारेबेशी बस्ने २८ वर्षीय हिमाल थामी लाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै श्रीमती २१ वर्षीया सुनिता थामीलाई हिमालले शुक्रबार राति टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्