भारतसँग किनेको १० लाख डोज खोप आज नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण



काठमाण्डौ,फागुन ९ । नेपालले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज आज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्ने जानकारी दिएका हुन् ।

सम्झौताबमोजिमको बाँकी १० लाख डोज खोप उत्पादक कम्पनीसँगको आपसी सहमतिमा अर्को चरणमा आपूर्ति गर्ने जनाइएको छ । उक्त खोप खरिदका लागि तीन दिनअघि सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार दिउँसो साढे एक बजे एयर इण्डियाको उडानमार्फत खोप काठमाण्डौ आइपुग्ने जानकारी दिइएको छ । उक्त खोप विमानस्थालबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी २३ फागुनदेखि संचालन हुने खोप अभियानका लागि जिल्लामा पठाइनेछ । यो चरणमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्