हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुर्छ : शशांक कोइराला



काठमाडौँ,फागुन ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रसको सरकार बनेपछि हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा गरेका छन्।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास गर्दै कोइरालाले शनिबार हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने आफ्नो अडान रहेको बताए ।

उनले कुनैपनि देशको धर्म सापेक्ष वा निरपेक्ष नभइ स्वतन्त्र हुनपर्ने आफ्नो मान्यता रहेको जनाउँदै मुलुकमा हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने बताए ।निर्वाचनमा कुन साथीको अवस्था राम्रो छ भन्ने कुरा सम्बधित जिल्ला सभापतिलाई थाहा हुने भएकाले जिल्लाबाटै टिकट वितरण गरेर उम्मेदवारको टुंगो लगाउने व्यवस्था उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्