नेपालमा थप ८८ जनामा कोरोना संक्रमण



काठमाडौ,फागुन ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ छ ।

प्रतिक्रिया दिनुहोस्